अमेरिकी डलरको भाउ वृद्धिमा ब्रेक लाग्यो

२०७० भाद्र १० गते, सोमबार

काठमाडौ,१० भदौ –भारतीय रुपैयाँ केहि बलियो भएपछि नेपालमा पनि डलरको भाउ घटेको छ । सोमबारवाट दुई महिनादेखि लगातार बढिरहेको अमेरिकी डलरको भाउमा ब्रेक लागेको छ ।आइतबारको तुलनामा सोमबार डलर साढे २ रुपैयाँले घटेको छ ।सोमबारको लागि नेपाल राष्ट्र बैंकले डलरको भाउ १ सय १ रुपैयाँ ४१ पैसा तोकेको छ । तर खुल्ला बजारमा १ सय ३ रुपैयाँसम्ममा कारोबार हुनेछ ।आइतबारको लागि राष्ट्र बैंकले अहिलेसम्मकै धेरै १ सय ३ रुपैया ७० पैसा भाउ तोकेपछि बजारमा १ सय ५ रुपैयाँ सम्ममा कारोबार भएको थियो ।गएको हप्ताको अन्तिममा भारतीय अर्थमन्त्रीले भारतीय रुपैयाँ अब मजबुद हुने बताएपछि डलरको बृद्धिमा ब्रेक लागेको हो । भारतमा आर्थिक बृद्धि घट्ने सूचना आएपछि बिदेशी लगानीकर्ताले लगानी फिर्ता लैजान शुरु गर्नुका साथै विश्वासमा कम आएकोले भारतीय रुपैयाँ कमजोर हुन शुरु गरेको थियो ।दुई महिनाको बीचमा डलर झण्डै २० प्रतिशतले बढेको छ । प्रति डलर ८३/८४ रुपैयाँमा कारोबार भैरहेकोमा २ महिनामा १ सय ५ रुपैयाँसम्म पुग्यो । नेपाली रुपैयाँ भारतीय रुपैयासँग १ सय बराबर १ सय ६० रुपैयाको स्थिर बिनिमयदरमा रहेकोले भारु खस्कने बित्तिकै त्यसको असर नेपालमा पर्ने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]