त्रिशूली ३ ए को निर्माण ठप्प

२०७० भाद्र १७ गते, सोमबार

काठमाडौ , १७ भदौ – ठेक्का सम्झौतादेखि नै क्षमता बढाउने/नबढाउने विवादमा रहेको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजना निर्माण अनिश्चित बनेको छ । आयोजनाको निर्माणस्थल अहिले ठप्प छ । ६० मेगावटको आयोजनाको क्षमता बढाउने निर्णय फिर्ता लिएको ३ महिना पुग्नलाग्दा समेत काम सुरु हुन नसकेको हो । आयोजनाको क्षमता बढाउनुपर्ने, सेयर दिनुपर्नेलगायत माग राखी स्थानीयले ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेशनको कार्यालयमा तोडफोड गरेपछि कोम रोकीएको थियो। स्थानीयले सहमति भएपनि ठेकेदारले कामदार फिर्ता पठाइसकेकाले काम सुरू हुन नसकेको हो ।
ठेक्का सम्झौता अनुसारआयोजनाको काम जेठ २०७१ सालसममा सक्नुपर्ने भएपनि अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ। आयोजनाको निर्माण कहिले हुन्छ, त्यसको कुनै टुङगो छैन।

प्रतिक्रियाहरु

[anycomment]