अपरमाई हाइड्रोपावरमा तालाबन्दी
इलाम , १८ भदौ – संघीय लिम्बूवान राज्य परिषद् माबु गाउँ कार्यसमितिका पदाधिकारीले इलामको माबु गाविसमा निर्माणाधीन अपरमाई हाइड्रोपावरमा तालाबन्दी गरेका छन् स्थानीयस्तरमा निर्माण भएको सडकको स्तरोन्नत्ति तथा मर्मत गर्ने, स्थानीयलाई बिजुली बत्तीको व्यवस्था गर्ने र माबु स्वास्थ्य चौकीलाई जग्गा खरिद गरिदिने अपरमाई हाइड्रोपावर सञ्चालक र स्थानीय बासिन्दाबीच एक वर्षअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै परिषद्ले हाइड्रोपावरमा तालाबन्दी गरेको हो । सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै परिषद्ले छ दिनअघि पाँचदिने अल्टिमेटमसहितको विज्ञप्ति जारी गरेको थियो । तर, उक्त समय बितिसक्दा पनि कुनै सुनुवाइ नभएको भन्दै परिषद्का कार्यकर्ताले तालाबन्दी गरेको बताइएको छ ।