पेट्रोलियम पदार्थको मूल्य बृद्धि

२०७० भाद्र २५ गते, मंगलवार

काठमाडौं, २५ भदौ, । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मटिट्तेलमा प्रतिलिटर ३/३ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य बृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको १ सय ३ पुगेको छ । यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ बढाइएको छ ।खाना पकाउने एलपी ग्याँसको मुल्यमा भने कुनै परिबर्तन नभएको निगमद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु