ट्राभल चेक नचल्ने
काठमाडौं, १ असोज – अमेरिकन एक्सप्रेसले डलर सटहीका लागि नेपाललाई दिँदै आएको ट्राभल चेक सम्बन्धि सेवा गरेको छ ।अगस्ट ३१ पछि यस्ता चेक जारी नगर्न राष्ट्र बैंकलाई पत्र आएको छ । अगस्ट ३१ पछि यस्ता चेक जारी नगर्न उसले राष्ट्र बैंकलाई पत्र पठाएको जनाइएको छ ।ट्राभल चेकको सट्टा ट्राभल कार्डको व्यवस्था गर्न लागिएको छ । यसका लागि बाणिज्य बैंकहरुलाई पत्राचारसमेत गरिसकिएको छ । योसँगै केही बैंकहरुले ट्राभल चेक जारी गर्न समेत छोडिसकेका छन् ।यसको विकल्पमा अव यात्रा गर्नेले नगद डलर वा विश्वव्यापी रुपमा स्वीकार्य मास्टर कार्ड मात्रै प्रयोग गर्न सक्छन् ।