भारतीय एकाधिकार बजारको कारण पोल्ट्री व्यवसाय संकटमा

२०७० आश्विन ४ गते, शुक्रबार

काठमाडौ, ४ असोज: नेकपा-माओवादीका सचिव देव गुरुङले नेपालमा भारतीय एकाधिकार बजारको कारण पोल्ट्री व्यवसाय संकटमा परेको दाबी गरेका छन् । उनले भारतबाट आयातित गुणस्तरहिन दाना, भ्याक्सीन, चल्लाको कारणले नेपालमा वर्डफुल भित्रिएको जनाउँदै सो दावी गरेका हुन् ।
शुक्रवार राजधानीको संवाद डबलीमा आयोजित अन्तरक्रियामा उनले भने, ‘भारतीय एकाधिकार बजारका कारणले नेपालमा कुनै पनि उद्योगधन्दा फस्टाउन सकेका छैनन् ।’ उनले विगतमा गलैचा उद्योग र गार्मेन्ट उद्योग धरासायी भएको अवस्थाको विश्लेषण गर्दै अगाडि भने, ‘आत्मनिर्भर बन्न पुगेको पोल्ट्री व्यवसाय पनि एकाधिकार बजारको सिकार बन्दै गयो ।’
‘पोल्ट्री व्यवसासयको समस्या र राज्यको दायीतत्व’ विषयक अन्तरक्रियामा सचिव गुरुङले नेपाल-भारत सिमाना नियन्त्रण, बोर्डर सिल तथा आयाति वस्तुको भरपर्दो परिक्षण गरिनु पर्ने पनि बताए । उनको विचारमा त्यसो नगरी नेपालको पोल्ट्री उद्योग ब्यवसाय टिकाउन नसकिने जिकिर गरे । उनले आफ्नो पार्टर्ीीो किसान मोर्चाले वीरगञ्ज र भैरहवा नाकामा निगरानी बढाउन थाली सकेको जानकारी पनि दिए ।
भारतबाट वा अन्य कुनैपनि मुलुकबाट आउने समानको कर्डाईकासाथ गुणस्तर परिक्षण गरिनुपर्नेमा जोड दिदै उनले व्यवसायीलाई पुनः ब्यवसाय संचालन गर्न सरकारले क्षतीपर्ूर्ति र राहतको ब्यवस्था दिनुपर्ने बताए ।
सोही कार्यक्रममा एकीकृत नेकपा -माओवादी) केन्द्रीय सदस्य देवेन्द्र पौडेलले सरकारको ढिलासुस्ती र लापरवाहीका कारण बर्डफ्लु रोग लागेको बताए । नेता पौडेलले भने, ‘यो षड्यन्त्र भएको जस्तो पनि छ, सरकारले प्राविधिक समिति बनाएर छानविन गर्नुपर्छ ।’
देवव्यापी संकटग्रस्त क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्नुपर्नेमा जोड दिएका नेता पौडेललाई पत्रकारहरुले विप्पा सन्धी गर्ने सरकारले यस्ता उद्योग ब्यवसायमा साथ दिन किन ढिलाई गरेको छ – भन्ने प्रश्न पनि राखेका थिए । उनले भने, ‘विप्पा गलत सावित भए फासीमा चढ्न तयार छौ, तर पोल्टङी ब्यवसायको हकमा हामी पार्टर्ीीे तर्फाट कुरा उठाउँछौ ।’
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले ब्यवसाय गर्दा नाफा घाटा स्वयमको हुने भएपनि अहिले महामारी फैलिएको बेला सरकारले बैंक ब्याज मिनाहा र राहत दिन पर्ने बताए । उनले भने, ‘हामीलाई पनि जिन्दगी प्यारो लाग्छ, ब्यवसाय गर्नका लागि रोग बाँड्न चाहन्नौ ।’
अध्यक्ष विष्टले राजनीस्तिक पार्टर्ीी चाहे जे पनि हुने देशमा आफ्नो समस्याप्रति एकाकार भई दिन अनुरोध पनि गरे । उनको भनाई छ, ‘हाम्रो देशको एक मात्र आत्मनिर्भर उद्योग पोल्टी ब्यवसाय बचाउन सघाइ दिनुहोस् ।’

नेपाल दाना उद्योग संघका अध्यक्ष डा. तिलचन्द्र भट्टर्राईले नेपालमा आत्मनिर्भर बनेको पोल्ट्री व्यवसाय राज्यको गैरजिम्मेवारीपनले गर्दा धरासायी भएको बताए । उनले पोल्ट्री उद्योगबाट राज्यलाई बाषिर्क ६४ अर्व ६२ करोड फाइदा भएको बताउदै राज्यले आफुहरुको संरक्षण गर्ने विषयमा केन्द्रित नभएकोमा आर्श्चर्य प्रकट गरे । उनले भने, ‘यो नेपालको सानो समस्या होइन ।’
‘पोल्टीको वर्तमान अवस्था र भावी रणनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टर्राईले हालसम्म चितवनमा १० लाख र काठमाडौमा १६ लाख कुखुरा मारेको जानकारी दिए । उनले सो क्षतिपर्ुर्ति गर्न र ब्यवसाय उकास्न ३ वर्षलाग्ने अवस्था निर्माण भएको पनि सुनाए ।
यस्तैगरी नेपाल पर्यावरण संरक्षण तथा पर््रवद्धन संघका अध्यक्ष र्सर्ुदशन प्रधानले ‘पोल्टङी एक, उपलब्धी अनेक’ विषयक कार्यपत्र प्रस्तुत गरे । उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साढे तीन लाख युवा शक्तिलाई रोजगार दिएको पोल्टङी ब्यवसाय धरासायी पार्न भारतबाट आउने चल्ला र अण्डा कारण हुन सक्ने संभावना रहेको उल्लेख गरे । उनले भने, ”राष्ट्रियता भन्ने कुरा सिमा र पानीमा मात्र होइgm त्यो त यहाका उद्योगहरुमा पनि देख्नु पर्दछ ।’
सोही कार्यक्रममा राष्ट्रिय उद्योग ब्यापार महासंघका अध्यक्ष शिव कट्टेलले सबै कुरा विदेशीमा भर पर्ने राज्यमा आत्मनिर्भर उद्योग ब्यवसायका बारेमा राजनीतिक पार्टर्ीीले ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपाली किसानहरुलाई काम गरी खानका लागि कृषि विमाको माग पनि गरे ।
संवाद डबलीका अध्यक्ष दीपेन्द्र रोकायाले सञ्चालन गरेको कार्यक्रममा सहभागी उद्योगी ब्यवसायीह?mले मुटु नै गाँठो पर्ने गरी आफ्ना भावना साँट्ने कोशिस गरेका थिए । उनीहरुले भने, ‘हाम्रो समस्याप्रति राज्य जिम्मेवार भई दिनुपर्‍यो, समस्या परेको बेला वास्ता नगरे यहाँ सरकार छ भनेर सोच्न सकिदैन ।’

प्रतिक्रियाहरु

[anycomment]