बैंक थगी गर्ने महिला पक्राउ

२०७० आश्विन ९ गते, बुधबार

काठमाडौँ,९ असोज । भक्तपुर नगरपालिका वडा नं १० का ४० वर्षीया तुलसीमंैया सुवाललाई बैंकलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोले आज पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी तुलसी मैंया सुवाल (लघु) समेत भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौँको विसं २०६४ जेठ ११ गतेको फैसलाले रु २९ लाख २६ हजार ९०४ जरिवाना तथा किर्ते ठगी मुद्दामा भक्तपुर जिल्ला अदालतको विसं २०६४ फागुन १५ गतेको फैसलाले रु १८ लाख ७५ हजार ५० जरिवाना र एक वर्ष ११ महिना २५ दिन कैद ठहर भएकी अभियुक्त सुवाललाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले भक्तपुर व्यासीबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा पेस गरेको हो ।
भक्तपुर जिल्लास्थित ईन्द्रेणी टेक्सटायल उद्योगका मालिक सुवालले विसं २०५६ मा ठगी गर्ने योजना अनुरुप कृषि विकास बैंक, बैंकिङ कार्यालय भक्तपुरमा ऋण धितोका लागि कानुनी हदम्याद नपुगेको जिल्ला भक्तपुर झौखेल गाविस¬ ९ (ख) स्थित जग्गाको जग्गा धनीपूर्जामा मिति, चारकिल्ला, विवरणलगायत नापी नक्सामा समेत कुबाटोलाई सुबाटो देखाई किर्ते कागजातहरु तयार गरी सम्बन्धित बैंकका कर्मचारी समेतको मिलोमतो तथा सिफारिसमा बैंकको मुख्य कार्यालयबाट ऋण र १५ लाख र ओभरड्राफ्ट रु तीन लाख ७३ हजार स्वीकृत गराई जम्मा रु १८ लाख ७५ हजार ठगी गरेको व्यूरोले जनाएको छ । अभियुक्त सुवाललाई रु ४८ लाख एक हजार १५४ जरिवाना र एक वर्ष ११ महिना २५ दिन कैद हुने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]