नयाँ नोट वितरण सुरु

२०७० आश्विन १५ गते, मंगलवार

काठमाडौं, १५असोज – नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट मंगलबारदेखि वितरण सुरु गरेको छ ।बैंकले वितरणका लागि जिल्ला जिल्लाका वित्तिय संस्थाहरुमा नयाँ नोट पठाइसकेको छ । ग्राहकको भीडलाई ध्यानमा राखेर नोट सटहीका लागि काउण्टर राख्ने व्यवस्था पनि बैंकले गरेको छ ।पर्याप्त मात्रामा नोट मौज्दात रहेकाले यस वर्षको दशैंमा नयाँ नोटको अभाव नहुने बैंकले बताएको छ । ग्राहकले राष्ट्र बैंकको थापाथलीमा रहेको कार्यालयबाट जति पनि नयाँ नोट सटही गर्न सक्ने प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए ।दशैँमा नयाँ नोट सटहीका लागि बैंकले ३० अर्ब रुपैयाँ छुट्याएको छ । बैंकले नोट नभिजाउन, रङ नलगाउन र च्यातिने गरी नखुम्च्याउन आग्रह पनि गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]