राष्ट्रिय मह महोत्सब सुरु हुदै
काठमाडौं, १७ असोज । व्यावसायिक कीट विकास निर्देशनालय हरिहरभवन र केन्द्रीय मह व्यवसायी संघको संयुक्त आयोजनामा आजदेखि राष्ट्रिय मह महोत्सब हुदैछ । राजधानीमा पहिलोपटक महोत्सब हुन लागेको हो । २० गतेसम्म काठमाडौँको राष्ट्रिय सभागृहमा सञ्चालन हुने महोत्सवका लागि चितवन, सिराहा, नवलपरासी, दाङ, दैलेख, लमजुङ, ताप्लेजुङ, धादिङलगायत ३२ जिल्लाबाट सहभागी हुने छन् ।मह उत्पादन र मौरी पालनसँग सम्बन्धित ५० भन्दा बढी बिक्री कक्ष छ । हाल वार्षिक एक हजार ५०० मेट्रिक टन मह उत्पादनले मागको ५० प्रतिशत मात्र पूर्ति भएको छ । बाँकी भारतबाट आयात हुने गरेको छ । महोत्सव आज दिउँसो ३ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा सह सम्मेलन हुँदै छ ।