बैंक अफ काठमाण्डूको चेतनशील युवा बचत योजना सार्वजनिक

२०७० आश्विन १८ गते, शुक्रबार

काठमाडौ , १८ असोज – बैंक अफ काठमाण्डूले नयाँ योजना सार्वजनिक गरेको छ । बी ओ के ले १० देखि २२ वर्ष उमेर समूहका बचतकर्तालाई लक्षित गरि नयाँ योजना सार्वजनिक गरेको हो । यो योजनामा नयाँ खाता खोल्ने समयमै बैंकको तर्फबाट प्रत्येक खातामा एक सय ३३ रुपैयाँ ३३ पैसा जम्मागरिदिने व्यवस्था छ । पुराना खाताको हकमा भने उक्त खातामा रकम जम्मा गर्दा बैंकले आप्mनो तर्फबाट सोही अनुपातको रकम जम्मा गरिदिनेछ ।
यो नयाँ योजना पुष १५ गते सम्म लागू हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बीओके चेतनशील युवा बचत योजना अन्र्तगत बचतकर्तालाई खुत्रुके पनि निःशुल्क उपलब्ध हुने जानकारी पनि बैंकले दिएको छ ।
यो योजनामा बचत खाताहरु मध्ये अधिकतम व्याज दिने पनि बैंकले जनाएको छ । ‘हाम्रो यसअघिको अध्ययनले युवाहरुले चाडपर्वको समयमा नगद प्राप्त गर्ने र त्यो नगद अनावश्यक रुपमा खर्च गर्ने देखाएको छ। दशैं र तिहारको समयमा युवा वर्गलाई बचत गर्ने बानी विकास गराउने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]