रिडी हाइड्रोपावरले सेयर बिक्री गर्ने

२०७० आश्विन २१ गते, सोमबार

गुल्मी, २१ असोज । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनतालाई पनि कम्पनीको साझेदार बनाउन गुल्मी जिल्लामा रहेको सर्वसाधारणका लागि सेयर बिक्री सुरु गरेको छ ।प्रभावित परिवारलाई जारी पुँजीको १० प्रतिशत सेयर खुला गर्नुपर्ने व्यवस्था भएअनुसार गुल्मी तथा पाल्पाका लागि खुला गरिएको हो ।कम्पनीको जारी पुँजीमध्ये ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्नुपर्ने व्यवस्था भएकामा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो ।
कम्पनीको कुल जारी पुँजी रु ३० करोडमध्ये रु १४ करोड ७० लाख बराबरको सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।सेयर बिक्रीका लागि छिटोमा कात्तिक १ र ढिलोमा कात्तिक १८ को मिति तोकिएको कम्पनीले जनाएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकको रिडी शाखा, पश्चिमाञ्चल डेभलपमेन्ट बैंककोुटवल तथा तम्घास शाखा र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुटवल तथा गुल्मीका सम्पूर्ण शाखाबाट सेयर आवेदन गर्न तथा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले सेयरबाट उठेको रकम इवाखोला लघु जलविद्युत् आयोजनामा लगानी गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार

युरो र पाउण्डको मूल्य घट्यो

२०८२ आश्विन २१ गते, मंगलवार