अर्बौं थुप्रियो बैंकमा

२०७० आश्विन २२ गते, मंगलवार


काठमाडौं, २२ असोज । लगानीको वातावरण विगत वर्षमा भन्दा बिग्रेका कारण वाणिज्य बैंकहरूमा अर्बौं पैसा थुप्रिएको छ। लगानी बढ्न नसक्दा बैंकहरूमा ६० अर्ब रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । राष्ट्र बैंकले बजारबाट पैसा खिच्न पाँचपटक मौद्रिक औजार प्रयोग गर्दा पनि पैसा थुप्रिएको थुप्रियै छ ।
कर्जाको माग अत्यन्त न्यून भएर बैंकहरुले चालु आर्थिक वर्षको साढे दुई महिनामा १३ अर्ब रुपैयाँमात्र लगानी गर्न सकेका छन्। गत वर्ष यही अवधिमा ४० अर्बभन्दा बढी लगानी भइसकेको थियो, नागरिक दैनिकमा समाचार छ । नयाँ आर्थिक वर्षयता मात्र वाणिज्य बैंकमा २५ अर्ब रुपैयाँ निक्षेप संकलन भइसकेको छ। बैंकरले निक्षेपसँगै तरलता बढ्न थालेपछि धमाधम ब्याजदर घटाए पनि ऋण विस्तार गर्न सकेका छैनन् ।‘पोहोर–परार दसैंको मुखमा उल्लेख्य ऋण लगानी हुन्थ्यो, यो वर्ष गएको छैन’, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘दशैंताक आवश्यक सामान मगाउन प्रतीतपत्र (एलसी) पनि त्यति खुलेको छैन ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु