आयातित सामानमा दोब्बरसम्म भन्सार बढ्यो

२०७० आश्विन ३१ गते, बिहीबार

काठमाडौ , ३१ असोज । सरकारले भारत र तेस्रो मुलुकबाट आयात हुने ४ हजार भन्दा बढी वस्तुको भन्सार मुल्यांकन बढाएको छ । आयात हुने वस्तुको मूल्य बृद्धि र बजारको मूल्यलाई आधार मानेर ५ प्रतिशत देखि दोब्बरसम्म बढाइएको बताइएको छ ।‘वस्तु आयात गर्दा एमआरपी लेखेर नआउने भएकाले कडाई गर्न मुल्याङकन बढाएका छौ,’ भन्सार विभागका निर्देशक नारायण प्रसाद शर्माले भने । भारतबाट आयात हुने करिब ३ हजार र तेश्रो मुलुकको १ हजार २ सय वस्तुको मुल्य मुल्याकन बढाइएको छ । विभागका अनुसार भारतबाट ६ हजार ५ सय र तेश्रो मुलुकबाट २ हजार वस्तु आयात हुने हुन्छ ।
भन्सार मूल्यांकन भनेको आयात हुने वस्तुको अनुमानित मूल्य हो । मुल्य खुलेर नआएका वस्तुमा यसरी नै तोकिएको मुल्यलाई आधार मानि भन्सार दरवन्दी लगाउने गरिन्छ । यो भन्सार विन्दुमा लाग्ने विभिन्न करका लागि आधार मुल्य हो । अनौपचारिक व्यापार गर्नेलाई हतोत्साहि र औपचारिक व्यापार प्रोत्साहन गर्न मुल्य समायोजन गरिएको निर्देशक शर्माको भनाई छ । ‘यो मुल्य समायोजन हो, बढाइएको होइन,’ उनले भने, ‘भन्सार मुल्याकन वृद्धिले एमआरपी मुल्यमा केही असर पर्देन ।’ उनका अनुसार सरकार, व्यवसायी र अन्य सरोकारवाला निकायसंगको छलफलपछि भन्सार मूल्यांकन बढेको हो ।केही आयातकर्ताले बढी मूल्यको वस्तु आयात गरेपनि कम मूल्य देखाएर भन्सार महसुल छल्ने गरेको गुनासो बढेपछि विभागलाई मुल्यांकन बढाउनुपर्ने दबाव पनि पर्दै आएको थियो । बढाएको भन्सार मूल्य बृद्धिले न्युन विजकीकरण भए रोक्न सहयोग पूग्ने शर्माले बताए । उनका अनुसार अन्र्तराष्ट्रिय बजारमा भएको मूल्य बृद्धिलाई आधार मानेर समेत भन्सार मूल्य बृद्धि गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु