जापानको प्राविधिक सहयोगमा सौर्यविद्युत् उत्पादन सुरु

२०७० कार्तिक २ गते, शनिबार

काठमाडौँ । ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट कम्पनीले जापानको प्राविधिक सहयोगमा नेपालमा पनि सौर्यविद्युत् उत्पादन शुरु गरेको जनाएको छ । कम्पनीले यही वर्षाट काठमाडौँको रामकोटमा सौर्यबिजुलीको उत्पादन सफलताका साथ सुरु गरिसकेको छ । कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ -एनआरएन) प्रमुख संरक्षक देवमान हिराचनले अबको वर्षकृषि र सोलारको हुने बताउँदै सौर्य र हावाबाट नेपालमा विजुली निकालेर नेपालीले भोग्नुपरेको लोडसेडिङ्ग समस्यालाई न्यूनीकरण गरिने बताएक छन् । अध्यक्ष हिराचनले पानीबाट बिजुली निकाल्दा बढी समय लाग्ने र खर्चिलो हुने जनाउँदै त्यसको विकल्पकमा सोलार र हावाबाट विजुली निकाल्न थालिएको बताए । ‘ठूला ठूला हाइड्रोपावरमा विदेशी कम्पनीले लामो समय लगाएर विद्युत् निकाल्दा हामीलाई तत्काल आवश्यक विद्युत् प्राप्त हुँदैन ।’ हिराचनले भने, ‘चाँडो विद्युत् उपलब्ध गराउन यो प्रविधि सस्तो र छिटो पनि छ ।’ सरकारले आर्थिक वर्ष२०७०/७१ को बजेट भाषणमार्फ् लोडसेडिङलाई लक्षित गर्दै सौर्यउजा बनाउन लाग्ने कूल लागतको ४० प्रतिशत अनुदान दिने घोषणा गरिसकेको छ । विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको वैकल्पिक उर्जा पर््रवर्द्धन केन्द्रले ‘शहरी क्षेत्रमा सौर्यउर्जा जडानसम्बन्धी कार्यविधि, २०७०’ को मस्यौदा पनि तयार गरेको छ । मस्यौदा अध्ययन गरी थप सुझाव समेटेर निकट भविष्यमा पारित गर्ने गरी सरकारले मन्त्रालयका सहसचिव गोकर्ण्र्ाावाडीको संयोजकत्वमा उर्जा मन्त्रालय, स्थानीय विकास मन्त्रालय र वैकल्पिक उर्जा पर््रवर्द्धन केन्द्रका प्रतिनिधि सम्मिलित समिति बनाएको छ । यसैबीच लोवल क्यापिटल इन्भेष्टमेण्ट कम्पनीले नेपालकै कच्चा पदार्थबाट जैविक मल उत्पादन सुरु गरिसकेको छ । जैविक मलले रसायनिक मलको प्रयोगले मानिसको स्वास्थ्यमा परिरहेको प्रतिकूल प्रभाव रोक्ने जनाइएको छ । कम्पनीले जापानी प्रविधिबाट जैविक मलको उत्पादन आफ्नो वेवसाइटमार्फ् जनाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु