मेनपावरको कारोबार अपारदर्शी

२०७० कार्तिक ३ गते, आईतवार

काठमाडौं, ३ कात्तिक। वैदेशिक रोजगार व्यवसायीले कर छली गर्ने गरेको पाइएको छ । रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमको विवरण अपारदर्शी राखेर उनीहरुले कर छली गरेका हुन् ।वैदेशिक रोजगार विभागमा ७ सय ५० को हाराहारीमा दर्ता रहेका कम्पनीहरुले दैनिक एक हजारको दरमा संस्थागत श्रम स्वीकृति लिई खाडीलगायत मुलुकमा वैदेशिक रोजगारीमा पठाउने गरेका छन् । म्यानपावर एजेन्सीले सरकारले तोकेको सीमाभन्दा चार गुणा बढी रकम लिने गर्दछन् । तर, न्यूनतम रकम बुझेको भौचरसमेत दिन नमान्ने गरेको कामदारहरु बताउँछन् ।
मेनपावर कम्पनीले ग्राहकसँग लिएको रकमको चार गुणा कम मात्र अभिलेख गर्ने गरेका कारण कारोबार रकम कम देखिने गरेको छ । जसबाट उनीहरुले वाषिर्क आयबापत तिर्नुपर्ने आयकरमा सरकारलाई ठूलो नोक्सानी भइरहेको व्यवसायीहरु बताउँछन् ।
७५ प्रतिशतम्यानपावर एजेन्सीहरुले व्यक्तिगत भिजा निकाली नेपाली कामदारलाई व्यक्तिगत श्रमस्वीकृतिमा समेत वैदेशिक रोजगारीमा पठाएका जानकार बताउँछन् । कार्गो ढुवानी व्यवसायीसँगको मिलेमतोमा खामबन्दी कागजात व्यक्तिगत श्रमस्वीकृति शाखामा देखाएर अनियमित कार्य भैरहेको उनीहरुको भनाइ छ ।वैदेशिक रोजगारमा भएको ठगीको सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रमाणसहित पेश गरेका अवैध कारोवारीहरुलाई विभागको उजुरी शाखाले सामान्य धरौटीमा छाडिदिने गरेको पीडितको गुनासो छ । म्यानपावर व्यवसायीले तोकिएभन्दा चार गुण बढी रकम लिएको तर आफूहरुलाई भौचर नदिएको उजुरी कानुन शाखामा पेश हुँदा कर्मचारीले व्यवसायीसँग मिलेर महिनौंसम्म झुलाउने गरेको पीडितले बताए ।
मेनपावर कम्पनीका सञ्चालक भने सरकारले सम्बन्धित मुलुकका एजेन्टलाई दिने कमिसनलाई वैधता नदिएको कारण आफूहरुले कारोबार पारदर्शी गर्न नसक्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु