फास्टट्रयाक निर्माण अलपत्र

२०७० कार्तिक २१ गते, बिहीबार


काठमाडौ, २१ कार्तिक – राजधानीलाई तराईसँग जोड्ने दु्रत मार्ग फास्टट्रयाक निर्माण गर्ने तीन वटै भारतीय निर्माण कम्पनी प्रक्रियाबाट बाहिरिएपछि अलपत्र परेको छ । आयोजना बनाउन मनशायपत्र बुझेका तीन वटै भारतीय निर्माण कम्पनी लगानी नउठ्ने आकलन गर्दै बाहिरीए पछि राष्ट्रिय गौरवको आयोजना बनाउने विकल्प तयार हुन सकेको छैन । मन्त्रालयले के गर्ने निर्णय गरेको छैन,’ पूर्वाधार निमार्ण तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव माधवकुमार कार्कीले भने ।१ खर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना अगाडि बढाउनेबारे तिहारपछि सञ्चालक समितिको बैठकमा छलफल गर्ने तयारी छ । २०६६ कात्तिकमा सुरु भएको यो सडकको ट्रयाक नेपाली सेनाले खोलिसकेको छ । ५ वर्षअघि थालिएको यो परियोजनामा सरकारले १ अर्ब ६४ करोड रुपैयाँ ट्रयाक खन्न र मुअब्जामा खर्च गरिसकेको छ । यो सडक निर्माण भए काठमाडौं, ललितपुर, मकवानपुर र बारालाई जोड्ने छ ।सिमरामा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने आधारका रूपमा हेरिएको उक्त सडकको काठमाडौंमा सुरु बिन्दुबारे भने हालसम्म टुंगो लागेको छैन ।
काठमाडौं-तराई-मधेस फास्टट्रयाक निर्माण परियोजनाले काठमाडौंको बल्खु वा ललितपुरको खोकनामध्ये एउटा क्षेत्र सुरु बिन्दु हुने भनेको छ । उक्त सडक सञ्चालनमा आए करिब ५० लाख लाभान्वित हुने प्रक्षेपण गरिएको छ । सम्भाव्यता अध्ययनले राज्यको अन्तर्राष्ट्रिय व्यापार खर्चमा कमी आउने अनुमान गरिएको सडकमा राजधानीबाट निजगढको यात्रा डेढ घन्टामा पुग्ने आकलन गरिएको छ । तर परियोजना निर्माण प्रक्रियामा छानिएका भारतीय कम्पनी रिलायन्स इन्फास्टक्चर, लार्सन एन्ड टर्बो र इन्फास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिस -आईएल एन्ड एफएस) अन्तिम चरणमा निर्माण नगर्ने भन्दै बाहिरिएपछि यो परियोजना निर्माण अनिश्चित बनेको हो । आशयपत्र खरिद गरेका तीन कम्पनीहरूले अन्तिममा सरकारलाई कुनै पनि पत्र नबुझाई बाहिएका थिए ।आशयपत्र नपरेपछि असोजको पहिलो साता यस परियोजनाका प्रमुख अनन्त आचार्यले मन्त्री छविराज पन्त र सचिव तुलसीप्रसाद सिटौलालाई जानकारी गराएका थिए । यो सडक निर्माणमा इच्छुक कम्पनीले लगानी उठाउन नसक्ने आकलन गर्दै निर्माण प्रक्रियाबाट बाहिरिएको बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु