ग्रामीण क्षेत्रमा हुलाक बचत बैंकको चल्ती
काठमाडौँ । ग्रामीण क्षेत्रमा छरिएर रहेको बचत रकमलाई सङ्कलन गरी जनतामा बचत गर्ने कार्यलाई प्रोत्साहन गर्न र सङ्कलित रकम राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्देश्यले २०३३ सालदेखि धनुषामा हुलाक बचत बैङ्क सञ्चालनमा आएको हुलाक बचत बैङ्क न्यून आय भएका ग्रामीण बासिन्दाका लागि वरदान सावित भएको छ । हुलाक ऐन, २०१९ को दफा ४२ -क) तथा हुलाक बचत बैङ्क नियमावली २०३३ को नियमले नेपाल सरकारले हुलाक बचत बैङ्कको कारोबार गर्ने व्यवस्था गरेपछि जिल्लामा यस बैङ्कप्रति गरिब तथा न्यून आय भएका व्यक्ति धनुषाको प्रमुख पृथराज कटुवालले बताए । आर्थिक वर्ष२०६९/७० सम्म सो बैङ्कले आफ्ना ७५४ ग्राहकमार्फ् तीन करोड ३७ लाख आठ हजार ९२४ रुपियाँ जम्मा गरेको छ भने रु. एक करोड ३६ लाख ५५ हजार ५५८ ऋण लगानी गरेको छ । यसैगरी बैङ्कले आफ्ना ग्राहकलाई सोही वर्षा रु. आठ लाख ४२ हजार २१३ ब्याज बुझाएको छ । न्यूनतम रु. एक सयमा खाता खोल्न सकिने हुलाक बचत बैङ्कमा ग्राहकले जम्मा गरेको रकमको वाषिर्क पाँच प्रतिशत ब्याज दिइन्छ भने आफ्ना कर्मचारीलाई बिनाधितो रु. तीन लाखसम्म ऋण दिने व्यवस्था गरेको नासु रामेश्वर यादवले बताए । अन्य सरकारी बैङ्क जस्तै चेकबुकको व्यवस्था रहेको सो बैङ्कमा जम्मा गरेको रकम एकपटकमा रु. १० हजारसम्म झिक्न सकिन्छ भने एक साता पूवसूचना दिएर बढी रकम निकाल्न सकिने व्यवस्था रहेको छ । व्यक्तिगत बचतखाता ज्येष्ठ नागरिक बचत खाता, संयुक्त बचत खाता गरी तीन प्रकारका खाता रहेको सो बैङ्कमा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका ५५ प्रतिशत न्यून आय भएका व्यक्ति आकषिर्त छन् भने ४५ प्रतिशत जनता सहरी क्षेत्रका रहेका छन् । बैङ्क तथा वित्तीय संस्थाको पहुँच नभएको ग्रामीण क्षेत्रको जनताका लागि हुलाक बचत बैङ्क वरदान सावित भएको सम्बन्धित निकायको भनाइरहेको छ । जिल्ला हुलाक कार्यालय धनुषामा मात्र यो सेवा सञ्चालनमा रहे पनि ग्रामीण क्षेत्रका न्यून आय भएका व्यक्ति यस बैङ्कप्रति बढी आकषिर्त देखिन्छन् । धनुषा जिल्लामा जिल्ला हुलाक एक इलाका हुलाक-१३ र अतिरिक्त हुलाक ७५ वटा रहेका छन् । जिल्ला हुलाकमार्फ् मात्र सो सेवा सञ्चालन भइरहेको ग्रामीण जनताको पहुँचलाई र्सवसुलभ बनाउन यो सेवा इलाका तथा अतिरिक्त हुलाक कार्यालयबाट समेत सञ्चालन गर्न सरकारसँग माग गरिएको छ ।