फ्री भिसामा रकम लिने मेनपावर फन्दामा पर्ने

२०७० मंसिर १० गते, सोमबार


काठमाण्डौं,१० मंसिर । सरकारले वैदेशिक रोजगारको फ्री भिसामा रकम लिने मेनपावर कम्पनीमाथि कठोर कदम चाल्ने भएको छ । मेनपावर कम्पनीले कमदारसँग लिएको रकमको पूर्ण विवरण र रसिदपछि मात्र सरकारले अन्तिम स्वीकृति दिन लागेको हो ।मलेसिया, कतार र संयुक्त राज्य अरब इमिरेट्स युएईका आकर्षक आम्दानी हुने फ्री भिसामा नेपाली व्यवसायीले कामदारसँग बढी रकम लिने गरेको नयाँ पत्रिकामा खबर छ । कतारमा गएका कामदार बढी मात्रामा अलपत्र पर्ने गरेका पनि सरकारले कठोर कदम चाल्न लागेको हो । यसैगरी, साउदी अरेविया र कुबेतमा पनि यस्तो प्रवृत्ति देखि थालेपछि श्रम स्वीकृतिका लागि पहिलो चरणको प्रथम स्वीकृतिमै कडाइ गरिनेछ ।
फ्री भिसामा हवाई टिकट लाग्ने भए सो लिनका लागि स्पष्ट कागजात पेस गरेपछि मात्र मेनपावर कम्पनीले प्रथम स्वीकृति पाउने छन् ।प्रथम स्वीकृति लिएर मात्र मेनपावर कम्पनीले कादार छनोटको विज्ञापन गर्न पाउँछन । राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रथम स्वीकृति नलिईकन विज्ञापन छाप्न नपाइने र यस्तो प्रक्रिया नगरीकन कामदारसँग आर्थिक सहयोग गर्न पाइदैन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु