विश्ब बैंकद्वारा रु एक अर्ब ५० करोड सहयोग

२०७० पुष १० गते, बुधबार

काठमाडौँ, १० पुस । विश्व बैंकले ग्रामीण सडक सुधार र सिँचाइ आयोजनाका लागि रु एक अर्ब ५० करोड (करिब १५० मिलियन अमेरिकी डलर) सहयोग गरेको छ ।बैंकका तर्फबाट नेपालका आवासीय प्रतिनिधि जोहनेस जुटले आज जारी गरेको विज्ञप्तिअनुसार सो रकम नेपालको सडक सञ्जालको विस्तार गरी कृषि क्षेत्रमा उत्पादकत्व बढाउन खर्च गरिने छ । सो कार्यक्रम मुलुकका विभिन्न ३३ जिल्लामा सञ्चालन गरिने छ । ती जिल्लामा अर्घाखाँची, बाँके, बारा, बर्दिया, भोजपुर, दाङ, धादिङ, धनुषा, गुल्मी, कैलाली, कञ्चनपुर, कपिलवस्तु, कास्की, महोत्तरी, मकवानपुर, नवलपरासी, नुवाकोट, पाल्पा, पर्सा, प्युठान, रसुवा, रौतहट, रूपन्देही, सल्यान, सङ्खुवासभा, सप्तरी, सर्लाही, सुर्खेत, स्याङ्जा, तनहुँ, तेह्रथुम, उदयपुरलगायत छन् ।सबै मौसममा यातायात सञ्चालन गर्न सक्ने गरी सडक आयोजनाको सुधार गरी न्यून आर्थिक अवस्था भएका नागरिकलाई सुविधा पु¥याउने लक्ष्य बैंकले राखेको छ । तथ्याङ्क विभागअनुसार आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा रहेका ती क्षेत्रका निजी क्षेत्र, नागरिक समाजलगायतको सहभागिता वृद्धि गर्ने लक्ष्यसमेत राखिएको छ ।बैंकले १५ बर्षदेखि नेपालको ग्रामीण यातायातको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । सन् २००७ देखि मुलुकको सिंचाइ तथा जलस्रोत व्यवस्थापन परियोजनामा बैंकले सहयोग गर्दै आएको छ । सो कार्यक्रमअन्तर्गत बैंकले पछिल्लो पटक रु करिब ४९ करोड सहयोग गरेको छ ।सो रकम पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका कूल ४० जिल्लाका ८० स्थानीय किसानले सञ्चालन गरेका सिँचाइ आयोजनामा खर्च गरिने छ । सो सहयोगबाट सन् २०१४ को जुन महिनासम्म कुल १३० योजनाबाट करिब २० हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने बैंकले विश्वास लिएको छ । यस्तै थप ८० स्थानमा करिब छ हजार ९०० हेक्टर क्षेत्रमा समेत सिंचाइ सुविधा उपलब्ध हुने लक्ष्य राखिएको छ ।सो कार्य सम्पन्न भएपछि कृषि क्षेत्रमा उल्लेखनीय सुधार आउने र गरिबी निवारणमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु