फेरी बढ्यो खानेपानीको मूल्य

२०७० फाल्गुन १ गते, बिहीबार

काठमाडौं ,१ फागुन। नेपाल खानेपानी संस्थानले आजदेखि लागु हुने गरी पानीको महशुल बढाएपछि मार खेप्नुपर्ने भएको हो । संस्थानले काठमाडौं उपत्यका बाहिरका शहरहरूमा खानेपानीको आपूर्ति तथा वितरण गर्दै आएको छ ।संस्थानले पानीको मूल्य बढाउने प्रस्ताव खानेपानी महशुल निर्धारण आयोगले स्वीकृत गरेपछि महशुल दोब्बर भएको छ । आयोगले पानीको महशुल निर्धारण गरेपछि मात्र खानेपानीको महशुल तय गरिन्छ ।महशुल बढेपछि उपभोक्ता मारमा परेका छन् । महशुल वृद्धि भएपछि उपभोक्ताले न्यूनतम १० हजार लिटरको ११० रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यसपछि प्रति हजार लिटरका लागी २५ रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु