ठग म्यानपावरलाइ ठेगान लगाइदै

२०७० फाल्गुन १० गते, शनिबार

काठमाडौ, १० फागुन । वैदेशिक रोजगार विभागले खराब नियत राखी कामदार ठग्ने म्यानपावर कम्पनीलाइ कारबाही गर्न थालेको छ । विभागले कामदारसँग बढी रकम असुल्ने र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनी कारबाहीमा पर्न थालेका हुन् ।विभागले सुरु गरेको एक साताको विकृतिविरुद्धको अभियानअन्तर्गत ठगी गर्ने म्यानपावर कम्पनी दर्ता खारेजीदेखि कारोबार रोक्कासम्ममा पर्न थालेका छन् । विभागका महानिर्देशक कृष्णहरि पुस्करले आफूले विभागको कार्यभार सम्हालेपछि ५ वटा म्यानपावर कम्पनीको दर्ता खारेज र ३ वटाको कारोबार रोक्का गरेको बताए ।
म्यानपावर कम्पनीले कामदारसँग जथाभावी रकम असुल्ने, एजेन्ट प्रणाली व्यवस्थित नगर्ने र कामदारसँग गर्ने व्यवहार सामन्ती शैली हुनेलाई आधार मानेर कारबाही भइरहेको विभागले जनाएको छ ।विभागले शुक्रबार कारोबार रोक्का गरेकामा जब्सवल्र्ड इन्टरनेसनल, आरपी एन्ड एनसिएफ र लिंकस्टार छन् ।
विभागका सूचना अधिकृत बद्री कार्कीले यी ३ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारको कार्य गर्दा धेरै कैफियत देखिएपछि कारबाहीको फन्दामा परेको जानकारी दिए ।
यसअघि विभागले ८ वटा म्यानपावर कम्पनीको दर्ता खारेज गरिसकेको छ । महाकाली ओभरसिज, ग्यालिभेन्ट म्यानपावर, रेसुंगा इन्टरनेसनल र आस्था इन्टरनेसनल छन् । यसैगरी वल्र्डवाइड एसियन, रेजेन्ट इन्टरनेसनल, अपरच्युनिटी म्यानपावर र थ्यांक्स इन्टरनेसनल छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु