एनआईसी बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने

२०७० फाल्गुन १७ गते, शनिबार

काठमाडौं ,१७ फागुन। एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोह्रौँ वाषिर्क साधारणसभाले आर्थिक वर्ष २०६९/७० को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
स्वीकृत लाभांश फागुन २० गतेदेखि क्रमशः वितरण गरिने बैंकले जनाएको छ । बैंकको गत आर्थिक वर्षमा निक्षेप ३९ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो भने कर्जा लगानी ३१ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । सो अवधिमा बैंकले ६४ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
साधारणसभाले संस्थापक शेयरधनी समुहतर्फबाट जगदिश प्रसाद अग्रवाल, त्रिलोकचन्द अग्रवाल, तुलसीराम अग्रवाल, लोकमान्य गोल्छा, रामचन्द्र संघई र सर्वसाधारण शेयरधनी समुहतर्फबाट राजेन्द्र प्रसाद अर्याल, विरेन्द्र कुमार संघई तथा बिनोद कुमार प्याकुरेल सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गर्‍यो ।
बैंकका हाल ५३ शाखा तथा ५७ एटीएम सञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्षमा थप १४ वटा शाखा कार्यालय तथा एटिएम विस्तार गर्ने योजनामा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु