सडकका ब्यवसायीले सडक तताउने
काठमाडौ,२० फागुन । काठमाडौको सडक पेटीमा बसेर ब्यापार ब्यवसाय गर्नेहरु गृह प्रशासनका बिरुद्ध आन्दोलित भएका छन् । उनीहरुले संवाद डवलीमा पत्रकार सम्मेलन गरी बाँच्नका लागि पनि आन्दोलन गर्न पर्ने अवस्था आएको दावी गरेका छन् । संयुक्त साना ब्यवसायी संर्घष्ा समितिको तर्फाट आन्दोलित ब्यवसायीहरुका अनुसार र्सार्वजनिक विदाको दिन चक्रपथ क्षेत्रबाट ट्राफिक प्रहरी लगाएर दर्ुइ दर्जन ब्यापारीको कपडा लुटिएको छ । उक्त कपडा फिर्ता गर्नुपर्ने र स्वदेशमै बसेर सडक पेटीमा स्वरोजगार गर्नेहरुलाई सरकारले सहयोग गर्नुपर्ने माग उनाीहरुको छ ।
पत्रकार सम्मेलनमा संयुक्त साना ब्यवसायी संर्घष्ा समितिका संयोजक महेश शाह कलवारले नेपालका राजनीतिक दलहरुलाई राजनीति गर्न मात्र साना ब्यवसायी प्रयोग हुने गरेको दुखेसो सुनाए । राष्ट्रिय मधेस समाजवादी पार्टर्ीी पर्ूव उपत्यका इञ्चार्ज कलवारले अगाडि भने, ‘सडकमा हाम्रा साथीहरु माग्न होइन, ब्यापार गर्न पनि बस्न दिइएको छैन ।’ गृहमन्त्री वामदेव गौतमले सडकका ब्यवसायीहरुलाई विकल्प दिएर हटाउने बताए पनि सो अनुसार ब्यवहार नभएकोमा आपति पनि जनाए । यस्तै संयुक्त साना ब्यवसायी संर्घष्ा समितिका सह-संयोजक सिता पुरीले अहिले राज्यलाई माग सुनाई रहेको र आवश्यक परे निर्ण्ाायक आन्दोलन गर्न आफुहरु तयार भएको बताइन् । ब्यवसायीहरुले सरकारले विकल्प दिए आफुहरुले सडक पेटी छोड्न तयार रहेको पनि बताए ।