न्युनतम साझा कार्यक्रम ल्याइदै

२०७० फाल्गुन २७ गते, मंगलवार

काठमाडौ,२७ फागुन ।सरकारले आज न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।आज दिउँसोसम्ममा संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएपनि समय भने अझै टुंगो नलागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।सरकारले सुशासन, आर्थिक विकास, संविधान, नागरिकलाई राहत कार्यक्रम तथा मन्त्रीहरुको आचार संहिता सहितको नीति तथा कार्यक्रम तयार गरेको जनाएको छ ।सरकारको नीति तथा कार्यक्रममा दुई बर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने, तत्काल दिउँसो मात्रै लोडसेडिङ गर्ने, त्यसका लागि माथिल्लो कर्णाली, पश्चिम सेती, माथिल्लो त्रिशुली, अरुण तेश्रो र माथिल्लो अरुण जस्ता जलविद्युत आयोजना छिटै निर्माणको काम शुरु गर्ने जस्ता महात्वाकांक्षी योजना उल्लेख गरिने स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु