सरकार साझा सहमतिको नीति तथा कार्यक्रम ल्याउदै
काठमाडौं, २९ फागुन । सरकारले एक बर्षभित्र गर्ने मुख्य काम सहितको साझा सहमतिको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । बिहान मन्त्रिपरिषद्ले पारित गरेपछि साँझ सार्वजनिक हुनेछ । एक वर्षभित्रै संविधान निर्माण र ६ महिनाभित्र स्थानीय निकाय निर्वाचन सम्पन्न गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर अन्तिम रूप दिएको कार्यक्रम आज सार्वजनिक गर्ने छ ।समय भने बिहान सम्म् तय भएको छैन । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीचका साँच बुदे सहमतिका आधारका कार्यक्रम तयार गरिएको हो । महवाकांक्षी र लोकप्रियजस्ता लाग्ने कार्यक्रसमेत समेटेर दलहरुले तयार गरेको साझा कार्यक्रमलाई सरकारले अन्तिम रूप दिँदै छ ।
तीन वर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने, सिन्डिकेट प्रथाको खारेजी, बन्द र हडतालको अन्त्य, इगभर्नेन्स, भ्रष्टाचार र अनियमितताविरुद्ध कडाइसहित लोकप्रिय र महत्वाकांक्षी कार्यक्रमहरू मस्यौदामा समेटिएका छन् । राजनीतिक, सुशासन, आर्थिक, सामाजिक क्षेत्र, प्राकृतिक सम्पदा, वातावरण र सहरी विकास, विशेष क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय सुरक्षा र गैरआवासीय नेपालीसहित सातओटा शीर्षकमा तयार पारिएको ६ पृष्ठको साझा न्यूनतम कार्यक्रममा सरकार गठनका क्रममा भएको सातबुँदे सहमतिका बाँकी विषय तत्काल कार्यान्वयन गर्ने र सरकारमा अन्य दललाई पनि सहभागी बनाउने नीति लिइने उल्लेख छ ।