पेट्रोलियम पदार्थको मुल्य बढयो
काठमाडौं , ३० फागुन । नेपाल आयल निगमले आजदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ ।नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको भाउ बढाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । जस अनुसार पेट्रोलको भाउ लिटरमा १० रुपैयाँ, डिजेल र मट्टितेलको भाउ ६/६ रुपैयाँ वृद्धि गरिएको हो ।नयाँ भाउ अनुसार अब पेट्रोल लिटरको १ सय ३५ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको भाऊ लिटरको १ सय ९ रुपैयाँ पुगेको छ । यसैगरी निमगले आन्तरिक तर्फको हवाई इन्धनको भाउ पनि लिटरमा ६ रुपैयाँले बढाएको छ । यो भाउ शुक्रबार बिहान १० बजेदेखि लागु भएको निगमले जनाएको छ । यसअघि निमगले गएको भदौ २६ गते भाउ बढाएको थियो ।