जगदम्बा स्टील उद्योगमा तालाबन्दी

२०७० चैत्र १ गते, शनिबार


काठमाडौं ,१ चैत्र । प्रदुषणबाट पीडित भएको भन्दै स्थानीयबासिन्दाले आज बाराको सिमरास्थित जगदम्बा स्टील उद्योगमा तालाबन्दी गरेका छन् । खिया लागेको फलाम पगाल्न उद्योगको चारवटा भट्टीमा आगो लगाएपछि त्यसबाट निस्केको धुँवाले सिमरा वरिपरिको क्षेत्र नै अँध्यारो बनाइ तुँवालो लाग्ने क्रम नरोकिएको भन्दै स्थानीयले ताला लगाएका हुन् ।उद्योगबाट निस्केको धुलो र धुँवाले विभिन्न रोग लाग्नुका साथै खाना, पानी र घर आँगननै प्रदुषित भएको उनीहरुले बताए । उद्योगको धूलो र धुँवा नियन्त्रणका लागि यसअघि पनि पटक–पटक उद्योग र स्थानीयबीच सहमति हुँदै आए पनि उद्योगले कार्यान्वयन नगरेपछि थप आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।आन्दोलनकारीले आफ्नो माग पूरा नभएसम्म उद्योग सञ्चालन नगर्न चेतावनी दिंदै तालाको साँचो सिमरा गाविसका प्रतिनिधि केदार बस्नेतलाई बुझाएका छन् ।आक्रोशित आन्दोलनकारीले ईलाका प्रहरी कार्यालय परिसरभित्रै उद्योग र कार्यकारी निर्देशक रोसित उत्थिहान विरुद्ध नारा जुलुस समेत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु