तलब नपाएपछि नेपालवाणी नेटवर्कमा तालाबन्दी

२०७० चैत्र १५ गते, शनिबार

काठमाडौ, १५ चैत। काठमाडौंको अनामनगरमा रहेको नेपालवाणी नेटवर्क कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ। नेटवर्कक लामो समयसम्म काम गरेका पूर्वकर्मचारीहरुले आफूले पाउनुपर्ने तलब भत्ता पटक पटक माग्दा नपाएपछि उनीहरुले विहानै तालाबन्दी गरेका हुन।
नेटवर्कमा कार्यरत पीडित पूर्वकर्मचारीहरुले कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रशान तथा व्यवस्थापन प्रमुख एवं नेपाल प्रेस यूनियनका केन्द्रीय महासचिव शिव लम्सालले धरपकड गरेको छ। धरपकड गरे पनि पूवकर्मचारीहरुले तालाबन्दी लगाइसकेका छन।
आफ्नो तलब भुक्तानी गराउन रेडियो नेटवर्क प्रशासन तथा व्यवस्थापक शिव लम्सालको पटक पटक ध्यानाकर्षण गराउँदा पनि समस्याको सुनुवाई नगरेको र सम्पर्कबाट टाढा हुन खोजेको तथा आश्वासनमात्र दिने तर कार्यान्वयन नगरेकाले आजित भएको बताएका छन।
पूर्वकर्मचारीहरुले बारम्बारको अनुरोध तथा ध्यानाकर्षणले पनि विगतमा काम गरेको तलब रकम दिन कुनै सुनुवाई नगरेकोले एकमुष्ट तलब भुक्तानी नगरेसम्म नेटवर्कको सम्पूर्ण प्रसारण बन्द गर्ने चेतावनी दिएका छन ।
साथै बिदा बसेका कर्मचारीले आफ्नो कार्यकक्षमा आउँदा विना जानकारी बर्खास्त गरिएकाले उनीहरुको स–सम्मान तत्काल पुर्नबहालीका लागि जोडदार माग गरेका छन।
नेपालवाणी नेटवर्क अनामनगर काठमाडौंमा रेडियो उपत्यकासहित देशभरका विभिन्न रेडियो स्टेसनमा समाचार तथा विभिन्न समाचारमूलक कार्यक्रम प्रसारण गर्दै आएको सञ्चार संस्था हो । सञ्चार क्षेत्रमा श्रमजीवी प्रत्रकारका अधिकार स्थापित गर्ने र कार्यान्वयन गराउन खबरदारी गर्ने निकायमा रहेका प्रतिनिधिहरु नै सञ्चालक र व्यवस्थापक रहेको यस संस्थामा पहिले काम गरेका तथा कार्यरत कर्मचारीहरु नै आफ्नो अधिकार पाउनबाट बञ्चित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु