पुष्प व्यापार मेलामा झन्डै करोडको कारोबार
काठमाडौ। फ्लोरिकल्चर एशोशिएशन नेपाल (फ्यान)को आयोजना संचालन भईरहेको दोस्रो अन्तराष्ट्रिय पुस्पमेला भव्यताका साथ भृकुमिण्डप प्रदर्शनी हल, काठमाडौंमा संचालन सकिएको छ ।पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा हुदै आएको यस किसीमको पुष्प प्रदर्शनी व्यापार मेलाले पुष्प उद्योगलाई उचाईमा पु¥याउने महत्वपूर्ण भुमिका निभाएको छ । properity through floriculture in Nepal & Beyond भन्ने नारा साथ २०७० चैत्र १३ गतेदेखि संचालन भईरहेको दोस्रो अन्तराष्ट्रिय पुष्प मेलामा दर्शकहरुको उपस्थिती उल्लेखनिय रहेको थियो । मेलाको अन्तिम दिन आइतबार नेपालका लागि भारतिय राजदुत रंजित रे तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी अबलोकनका लागि आएका थिए । मेलाको अन्तिम दिनसम्म करिब ७८ हजार दर्शकहरुद्वारा मेलाको अवलोकन भएको र व्यवसायीक कारोबार समेत लगभग ५८ लाख भएको छ । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेको र यसको दर्शकहरुबाट भरपुर फाईदा लिएका छन् ।
अन्तराष्ट्रिय मेलामा नेपाल लगायत भारत, बंगलादेश, हल्याण्ड, जापान, अमेरिकाका पुष्प व्यवसायीक कम्पनी÷फर्महरुको स्टल रहेका थिए । मेलामा बिदेशी ब्यबशायीहरुले ब्यबसायका लागि प्रयोगमा आउने प्रबिधीको भरपुर जानकारी पाईने भएकोले नेपाली ब्यबशायीहरुले आधुनिक प्रबिधीको बारेमा भरपुर जानकारी लिएका छन् र परंपरागत कृषि प्रणालीबाट आधुनिक कृषि तर्फ फड्को मार्न सहयोग पुग्ने आशा एशोसियसनको छ ।
यस मेलामा भ्रमण गर्ने दर्शकहरुबाट मेलामा खिचिएका तस्विरहरु सामजिक संजाल फेसबुक लगायत वेबसाईको माध्ययबाट बढि भन्दा बढिको छाएको, संचार संस्थाहरुको उल्लेखनिय सहयोग पाएको र यसले मेलाको प्रचार प्रसार संगै अझ बढि पुष्प व्यवसायको प्रबद्र्धनमा सहयोग पुगेको मेलाका संयोजक कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन २३ लाख रुपैयाँको कारोबार भएको थियो ।