युनिटीका अध्यक्षलाई ३ वर्ष जेल सजाय

२०७० चैत्र १७ गते, सोमबार


काठमाडौं,१७ चैत । जिल्ला अदालत ललितपुरले युनिटका अध्यक्ष काशी गुरुङसहित १२ सञ्चालकलाई दोषी ठहर गर्दै ३-३ वर्ष जेल सजाय तोकेको छ भने एक सय जनालाई सफाइ दिएको छ ।न्यायाधीश टेकनारायण कुँवरको इजलासले गुरुङसहित १२ सञ्चालकलाई ३-३ वर्ष जेल सजाय तोकेको छ । साथै गुरुङलाई १ करोड ६ लाख जरिवाना तोकेको छ ।
गैरकानुनी रुपमा नेटवर्किङ विजनेशका नाममा करोडौं ठगी गरेको भन्दै सरकारले युनिटीलाई बन्द गरेर सञ्चालकहरुलाई पक्राउ गरेको थियो । प्रवन्ध निर्देशक विष्णु क्षेत्री भने फरार छन् । युनिटीले पाँच वर्षमा ३ लाख ६८ हजारभन्दा बढीबाट ३ अर्ब ७९ करोड रकम उठाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु