आज ५७ औँ सहकारी दिवस

२०७० चैत्र २० गते, बिहीबार


काठमाडौँ, २० चैत। आज ५७ औँ सहकारी दिवस , सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सहकारी दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना व्यक्त गरेका छन् । सहकारी मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री कोइरालाले सहकारीहरु आफैले पहिल्याएको मार्गलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् ।पहिलो पटक २०१३ साल चैत २० मा चितवनको बखान बचत तथा ऋण सहकारी स्थापन भएको थियो । त्यसकै सम्झानामा हरेक वर्ष चैत २० गते आजकै दिन सहकारी दिवस मनाउँदै आइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु