सबै क्यासिनो बन्द
काठमाडौ,२२ चैत्र । सरकारले कानुनी दायराभित्र नआएका क्यासिनोलाई बन्द गराएको छ । हाल संचालनमा रहेका सबै क्यासिनोमध्ये एउटा मिनी क्यासिनोबाहेक अरु संचालनमा रहेका ८ क्यासिनोहरु मध्ये कुनैले पनि नविकरणकाका लागि निवेदन नदिएको भन्दै सरकारले क्यासिनो बन्द गराएको हो । सरकारले यसअघि कर तिर्ने म्याद पन्ध्र दिन थपेको थियो । म्याद थप्दा पनि कुनै पनि क्यासिनोले कर तिर्ने प्रकृया शुरु नगरेका कारण सरकाले क्यासिनो बन्द गराएको हो । गत राती १२ बजेपछि नै सबै क्यासिनो बन्द भएका छन् । क्यासिनोहरुले एक अर्ब बढि रुपैयाँ राजश्व सरकारलाई तिर्न बाँकी छ ।यसअघि, क्यासिनो बन्द गराउन स्वयं मालिकहरु नै लागि परेको भन्दै बैद्य निकट मजदुरहरुले क्यासिनो बन्द नगराउन धम्कि दिएका थिए । क्यासिनोका लतका कारण कतिपय नेपालीहरुको बिल्लिबाँठ भएको छ भने कतिले आत्महत्या गरेका छन् ।