रेडबुलको अबैध ब्यापार

२०७० चैत्र २४ गते, सोमबार


काठमाडौं, २४ चैत । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार गोर्खा ब्रुअरीअन्तर्गतको जिबी मार्केटि्र प्रालिले सम्बन्धित निकायको अनुमतिबिनै ‘इनर्जी डि्रंक’ रेडबुल आयात गरिरहेकेा खुलेको छ ।उसले चालु आर्थिक वर्षको ८ महिनासम्म रेडबुल आयात गर्न त्यहाँबाट अनुमति नलिएको बताएको छ ।
जिबीबाहेक अरु १० वटा कम्पनीले विभिन्न पेय आयात गर्ने अनुमति लिएका छन् । ‘तर, जिबी मार्केटिङले रेडबुल आयातका लागि आजकासम्म अनुमतिपत्र लिएको छैन्,’ विभाग प्रवक्ता प्रमोद कोइरालाले भने, ‘नेपालमा रेडबुल कसरी आयात भएर बिक्री हुँदै आएको छ, हामीलाई थाहा छैन् ।’ बिजीका अधिकारी भने आफुहरुले विभागबाट अनुमति लिएरै रेडबुल आयात गरिरहेको दाबी गर्छन् ।
खाद्य ऐन २०२३ अनुसार विदेशबाट खाद्य तथा पेय पदार्थ आयात गर्न विभागबाट अनुमति लिनुपर्छ । प्रवक्ता कोइरालाले गत वर्ष अनुमतिपत्र लिएको जिबीले यस वर्ष नदिलएको बताए । ‘बजारमा रेडबुल खपत कम भएर पनि आयात अनुमतिपत्र नलिएको होला,’ उनले भने ।
रेडबुल सहरमा मात्रै नभएर गाउँमा भारी बोक्नेले समेत ‘तागत लाग्छ’ भन्दै पिउँछन् । सहरी क्षेत्रमा पनि यो सर्वाधिक बिक्री हुने इनर्जी डिं्रकमा पर्छ । भन्सार विभागको तथ्यांकले पनि विगतमा इनर्जी डि्रंकमा सबैभन्दा बढी रेडबुल नै बिक्री हुने गरेको देखाउँछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु