सीमा नाका खुल्यो

२०७१ बैशाख १२ गते, शुक्रबार


काठमाडौं, १२ बैशाख। भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर राख्दै मंगलवारदेखि बन्द भएको सीमा नाका शुक्रबार बिहान खुलेको छ ।
सुरक्षालाई मध्यनजर राख्दै मोरङ, सुनसरी, झापा र सप्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकाहरु मंगलबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको थियो । बिहार राज्यको विभिन्न जिल्लामा बिहीबार मतदान भएको थियो ।
पुर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले मोरङको जोगवनी, मटेरुवा, पोखरिया, डेरिया, मायागञ्ज तथा सुनसरीको अमडुवा, भान्टावारी, भीमनगर, कोसी ब्यारेज, कप्तानगन्ज, साहेवगन्ज सहितका सीमा नाकाहरु खोलिएको जनाएको छ ।
सप्तरीको कुनौली, लालापटी, राम्पुरा मल्हनिया, छिन्नमस्ता, गोविन्दपुर तथा झापाको भद्रपुर, पाठामारी, महेशपुर, कुमरखोद, टाघनडुब्बा र शरणमती नाकाहरु पनि शुक्रबार विहान खुलेका छन् । नाका सिल रहेको अवधिमा आवत जावत ठप्प पारिएको थियो भने एम्बुलेन्स बाहेक अन्य सवारी साधनको आवत जावतमा रोक लगाइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु