चिनियाँ स्याउ बरामद
काठमाडौं, १५ बैशाख । आज बिहान रुपन्देहीमा प्रहरीले लाखौं मुल्य बराबरको चिनियाँ स्याउ बरामद गरेको छ । रुपन्देहीको कालीदहस्थित एक गोदाममा राखिएको अवस्थामा उक्त स्याउ बरामद गरिएको हो ।
नेपालभारत सीमाको १० गजा क्षेत्रबाट करिब २० मिटरको दूरीमा आमा गाविस वडा नम्बर ८ मा रहेको गोदाममा राखिएको स्याउ गस्तीमा रहेको प्रहरी टोलीले फेला पारेको हो ।तीन कोठे गोदाम स्याउले भरिएको छ । गोदामबाट स्याउ निकाल्ने ६ जना साइकल चालक भरियालाई पनि प्रहरीले पक्राउ गरेको छ ।