युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा गुरागाईंको जंगे शासन

२०७१ बैशाख २० गते, शनिबार


काठमाडौँ । सरकारले युवा तथा साना व्यवसायीलाई स्वरोजगारमा लाग्न सहयोग पुर्याउने उद्देश्यका साथ स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष धराशयी हुने अवस्थामा पुगेको स्रोतले बताएको छ । स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोद गुरागाईंको स्वेच्छाचारिताले गर्दा कोष धराशयी बन्न लागेको कोषका कर्मचारीहरू बताउँछन् । कोषको यो दुरावस्था हुनुमा कार्यकारी निर्देशक गुरागाईं नै प्रमुख कारक भएको उनीहरूको ठोकुवा छ । विगतमा एमाओवादीको फेर समातेर कोषमा ब्रहृमलुट मच्चाउँदै आएका गुरागाईं अहिले काँग्रेसको फेर समातेर पुनः कोषमा ब्रहृमलुट मच्चाउँदैछन् । गुरागाईंले कोषभित्र गरेको भ्रष्टाचार र अनियमितताको कुरा उठाउने कर्मचारीलाई उनले विभिन्न लाञ्छना लगाएर प्रताडित गर्ने गरेको कोषका कर्मचारीहरू बताउँछन् । अघिल्लो महिना कोषका एक कर्मचारीले कार्यकारी निर्देशक गुरागाईंले गरेको अनियमितता एक सञ्चार माध्यममा प्रमाणसहित बोलेपछि गुरागाईंको छटपटाहट झन् बढेको कोष सम्बद्ध कर्मचारी बताउँछन् । यतिबेला स्वरोजगार कोषमा कार्यकारी निर्देशक विनोद गुरागाईंको जंगे शासन चलेको छ । उनको कालाकर्तुतको बारेमा एक शब्द बोले पनि पजनीमा परिन्छ भन्दै नाम उल्लेख नगरिदिन भन्दै कोषका एक कर्मचारी भन्छन्- स्वरोजगार कोष कार्यकारी निर्देशक विनोद गुरागाईंको बपौतीजस्तो भइसकेको छ । उनले दिनदाहाडै लुट मच्चाइरहेका छन्, केही बोल्न सक्ने स्थिति छैन । छेपारोले रङ फेरेजस्तो हरेक पटक फरक-फरक राजनीतिक दलको खोज ओढेर कार्यकारी निर्देशक गुरागाईंले लुट मच्चाइरहेका छन् । उनको विरुद्ध बोल्नु भनेको आफ्नो जागिर र बालबच्चाको पेटमा लात हान्नु हुन जान्छ । खोई यस विषयमा कसले बोल्ला – कसले हेला भन्दै उनी दुखेसो व्यक्त गर्छन् । तर, यसैबीचमा कोषका अर्का कर्मचारीले आफूहरू कार्यकारी निर्देशक गुरागाईंको ब्रहृमलुटलाई टुलुटुलु हेरेर कोष डुबाउन नदिने र त्यसको लागि जस्तोसुकै कदम चाल्ने तयार हुने भन्दै कोषमा भएका अनियमितताको सबुदसहित र्सार्वजनिक गर्ने ठोकुवा गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु