धुपीको तेल आम्दानीको स्रोतबन्दै
काठमाडौं,२३ वैशाख । ताप्लेजुङको घुन्साका स्थानियबासीले जंगलमा पर्याप्त पाईने धुपी संकलन गरी तेल पेलेरे राम्रो आम्दानी गर्न थालेका छन् । कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना र डब्लु डब्लु एफको करीव ६ लाखको लगानीमा घुन्सामा नै धुपी तेल उत्पादन उद्योग स्थापना गरेपछि उनीहरुको आम्दानीको श्रोत बढेको हो ।
लगानी गर्ने संस्थाले समुदायलाई नै उद्योग हस्तान्तरण गरेपछि स्थानियले समुह गठन गरी उद्योग सञ्चालन गरेका हुन् । उद्योगबाट उत्पादित तेल अधिकाँस जापान, अमेरिका, भारत र चीन निकासा हुने गरेको छ । महंगो पर्ने भएको कारण नेपालमा कमै मात्र खपत हुने गरेको स्थानीयको भनाई छ ।
धुपीको तेल सेन्ट बनाउनको साथै औषधीको रुपमा प्रयोग हुने कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना ताप्लेजुङले जनाएको छ । धुपीको तेल नेपालमा प्रति किलो ३ हजार ५ सय सम्ममा विक्रि हुनेगरेको छ भने प्रतिलिटर पाँचहजार सम्ममा विदेश निकासा हुने गरेको छ ।