माथिल्लो कर्णाली परियोजनाको ठेक्का खारेज गर्न माग

२०७१ बैशाख २३ गते, मंगलवार


काठमाडौं,२३ वैशाख ।कर्णाली जलाधार क्षेत्र संरक्षण समाजका अध्यक्ष लोकबहादुर रावतले माथिल्लो कर्णाली परियोजना भारतीय कम्पनी जीएमआरलाई ठेक्का दिने निर्णय खारेज गर्न, जलाधार क्षेत्रको संरक्षणको जिम्मा स्थानीय बासिन्दालाई दिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उक्त ठेक्का खारेज गर्नका लागि समाजले कर्णाली क्षेत्रका बासिन्दाको हस्ताक्षरसमेत राजनीतिक दल र सरकारलाई बुझाईसकेको छ । यसै सन्धर्भमा कर्णाली जलाधार संरक्षण समाजसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री सुशील कोइरालाले कर्णाली जलाधार क्षेत्रको प्राकृतिक स्रोत र साधनको आफ्नै देशको अधिकत्तम हितमा उपयोग हुनु पर्नेमा जोड दिए । उनले व्यक्तिगत स्वार्थभन्दा स्थानीय बासिन्दाको कदर र राष्ट्रिय हितमा कर्णाली जलाधारलाई उपयोग गर्नुपर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु