विद्युत प्राधिकरणको बक्यौता ४ अर्ब

२०७१ बैशाख २८ गते, आईतवार

काठमाडौ, २८ वैशाख ।नेपाल विद्युत प्राधिकरणको उठ्न बाँकी महसुल ४ अर्ब रुपैयाँको पुगेको बताइएको छ । गएको माघ मसान्तसम्म ३ अर्ब ७५ करोड रुपैयाँ विद्युत महसुल उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।यो रकम प्राधिकरणको बार्षिक आयको झण्डै १५ प्रतिशत हो । बक्यौतामध्ये ६४ करोड ८२ लाख रुपैयाँ लामो समयदेखि महसुल नबुझाएर कालोसूचीमा परेका ३३ हजार ६ सय ६० ग्राहकबाट असुल्न बाँकी छ । बर्षौदेखिको बक्यौता असुलीका लागि पटकपटक ताकेता गरेपनि महसुल असुली हुन नसकेको भन्दै कारबाही प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ ।
कालोसूचीमा परेका ग्राहकको लाइन काट्ने, तीनपुस्ते विवरण पत्रपत्रिकामा सार्वजनिक गर्ने तथा जिल्ला र गाविसस्तरबाट प्रदान गरिने सेवा सुबिधाबाट बञ्चित गर्ने र त्यसबाट पनि असुल गर्न नसकिए सरकारी बाँकी बक्यौता सरह असुल गरिने भएको छ ।प्राधिकरणले तत्काल आफ्नो नाममा रहेको बाँकी बक्यौता तिर्न सवै ग्राहकलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु