मजदुरको मृत्युपछि आन्दोलन

२०७१ बैशाख ३० गते, मंगलवार


काठमाडौँ ,३० वैशाख। पशुपति प्लाईउड उद्योगमा कार्यरत एक मजदुरको कारखानामै भएको दुर्घटनामा ज्यान गएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
धनुषाको ढल्केवरस्थित प्लाईउड उद्योगमा सोमबार दिउँसो उद्योगमा काम गर्दै गर्दा प्लाईउडको लिफ्ट भाँचिएर घाइते भएका ढल्केवर २ बस्ने ३५ वर्षका रामबाबु साहको बेलुकी ज्यान गएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।साहको टाउकोमा गम्भीर चोट लागेको र गएराति घर फर्के लगतै एक्कासी मृत्यु भएको उद्योगमा कार्यरत मजदुर युवराज शर्माले जानकारी दिए । व्यवस्थापन पक्षको लापरबाहीले साहको ज्यान गएको भन्दै क्षतिपूर्तिको माग गर्दै साहको शवलाई उद्योग अगाडी राखी आन्दोनमा उत्रेका छन् ।
लामो समयदेखि लिफ्ट खराब भएको र व्यवस्थापन पक्षलाई पटक पटक मर्मत गर्न आग्रह गर्दा पनि कुनै चाँसो नदेखाएकोले व्यवस्थापन पक्षकै लापरबाहीले साहको ज्यान गएको उनीहरुको दावी छ । साहको क्षतिपूर्ति स्वरुप ५ लाख रुपैयाँ र क्रिया खर्च उपलब्ध नगराएसम्म उद्योग बन्द गरि आन्दोलन जारी राख्ने मजदुरहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु