सुमार्गीले किने फ्रान्सेली दूतावाससुमार्गीले किने फ्रान्सेली दूतावास

२०७१ जेष्ठ ५ गते, सोमबार


काठमाडौं,५ जेठ । नेपालस्थित फ्रान्सेली दूतावास मुक्तिश्री कम्पनी प्रालिले किनेको छ। जसको अध्यक्ष अजय सुमार्गी रहेका छन् ।नेपालस्थित फ्रान्सेली दूतावासले बिशालनगरस्थित १९ रोपनी क्षेत्रफलमा फैलिएको राजदूत निवास बेचेको हो ।दूतावासले आफ्नो सम्पति बेचेर ६३ करोड रुपैयाँ भन्दा बढी (करिव ५ मिलियन युरो) फिर्ता लैजाने भएको छ ।
अजय सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री कम्पनी प्रालिले खुला बोलपत्र प्रक्रियाबाट होटेल बनाउन उक्त जग्गा किनेको छ । फ्रान्सले लाजिम्पाटस्थित दूतावास भवन रहेको जग्गा समेत बेच्न परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको छ ।
कम्पनीले त्यहाँ सुविधा सम्पन होटल बनाउने जानकारी सरकारलाई गराउँदै एक महिनाअघि जग्गा आफ्नो स्वामित्वमा लिएको हो । नेपालको पुरानो मित्र मुलुक फ्रान्सले चार दशकअघि निकै सस्तो भाउमा जग्गा किनेको थियो ।अहिले उक्त जग्गा प्रतिआना २० लाख रुपैयाँभन्दा बढीका दरले बेचेको स्रोतले बतायो । सस्तोमा किनेर धेरै मूल्यमा बेचेर सम्पत्ति लैजानुलाई कूटनीतिक क्षेत्रले राम्रो मानेको छैनन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु