उद्योगमा भीषण आगलागी
काठमाडौ , ९ जेठ । वीरगन्ज पथलैया औद्योगिक क्षेत्रको बाराको छाता पिपरा–२ मा रहेको विनायक कथ्था मिल तथा एग्रो प्रालिमा भीषण आगलागी भएको छ ।आज बिहान करिब ६ बजे लागेको आगो निभाउन वीरगन्ज उपमहानगरपालिका र अमलेखगन्जबाट वारुणयन्त्र पुगेका छन् ।कथ्था उत्पादन गर्ने मुख्य प्लान्टमा लागेको आगो दुईवटा वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीचौकी जितपुरका प्रहरी हबलदार महम्मद हुसैनले जानकारी दिए ।