स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरस्वास्थ्य सेवा विभागका महानिर्देशकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७१ जेष्ठ ११ गते, आईतवार


काठमाडौँ, ११ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका महानिर्देशक लखनलाल साहसहित १२ जना विरुद्ध औषधी खरिदलगायत शिर्षकमा प्राप्त अनुदान अनियमितता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले साहसहित आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. तारानाथ पोखरेल, सेवा विभागका तत्कालिन महानिर्देशक मिङमार गेल्जेन शेर्पा, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन प्रमुख नरेशप्रताप केसी, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन वरिष्ठ निर्देशक कृष्ण बहादुर चन्द, तत्काल आपूर्ति व्यवस्था महाशाखा खरीद ईकाइमा कार्यरत पवन कोईराला, तत्काल आपूर्ति व्यवस्था महाशाखामा कार्यरत जनस्वास्थ्य अधिकृत राम सुन्दर यादव, जन स्वास्थ्य निरीक्षक हेमलाल ज्ञवालीलगायत १२ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले औषधी आपूर्तिकर्ता सञ्जय गुप्ता, तथा र्फम धनी विद्या सुवेदी, गुणस्तरहीन औषधी आपूर्ति गर्ने कम्पनीका कर्मचारी निर्जला साह तथा ल्याबोरटरी फर्मास्युटीकल कम्पनीका निर्देशक आदित्य भाटियाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
दुर्गम पहाडी जिल्लाका गर्भवती महिलाहरुलाई लक्षित गरी सुत्केरी अवस्थामा अत्याधिक रक्तश्रावबाट हुने मातृमृत्युबाट जोगाउन निशुल्क वितरण लागि मिसोप्रोस्टोल नामक औषधी बोलपत्र आह्वान गरी खरिद गर्ने क्रममा अत्याधिक लागत मूल्य कायम गरेको, आवश्यक भन्दा बढी औषधी खरिद गरिएको, औषधीहरु गुणस्तरहीन भन्ने परीक्षणबाट प्राप्त हुँदा पनि औषधी आपूर्तिकर्तालाई कारवाही नगरिएको, करोडौं मूल्य पर्ने औषधीहरु स्टोरमा जम्मा गरी राखी सरकारी सम्पति दुरुप्योग गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु