मध्यपहाडी लोकमार्ग निर्माणमा अवरुद्ध

२०७१ जेष्ठ १४ गते, बुधबार


काठमाडौ, १४ जेठ ।स्थानिय वासिन्दाले निर्माणाधीन मध्यपहाडी लोकमार्ग सडक निर्माणको काम रोकेका छन् ।जग्गा भएको स्थानको कुलो र खोलाको पुल भन्दा वाहेकको सवै काम स्थानिय वासिन्दाले रोकेको स्थानिय कृषक सरद आचार्यले वताए ।एक हप्ता देखी सडक कालोपत्रे लगायतका कुनै काम भएको छैन । सडक निर्माण गर्ने क्रममा पाँच जना कृषकको सवै जग्गा सडकमा परेर उनीहरु उठिबास लागेको आचार्यले वताए ।
कृषकहरु सडकले प्रयोग गरेको जग्गाको मुआव्जा माग्दै जिल्ला स्थित राजनितीक दलको कार्यालय धाउन थालेका छन् । सिन्धुलीको खुर्कोट घुर्मी ५७ किलोमिटर सडक सयौं रोपनी जग्गा राज्यले अधिग्रहण गरी मुआव्जा नदिएको गुनासो कृषकहरुले गरेका छन् । मध्य महाडी लोकमार्गले सडक निर्माण गर्दा महिलो चरणमा ८ मिटर जग्गा अधिग्रहण गरेको थियो ।
दोस्रो चरणमा १५ मिटर अधिग्रहण गरो र अहिले सडकको दायाँवाया पचास मिटर सडक अधिग्रहण गर्ने योजना सडक आयोजनाले गरे पछि स्थानिय कृषकहरु जग्गाको मुआव्जा माग्न राजनितीक दलको ढोका ढोका धाउन वाध्य भएको भुवनेश्वरीका कृषक केपी पोखरेलले वताए ।सडक आयोजनाले सडकको दायावाया ५० मिटर लिँदा भिमेश्वर देखी घुर्मी सम्मका अधिकांस कृषकहरु सुकुम्वासी वन्नु पर्ने अवस्था आएको पोखरेलले वताए । कृषकको जग्गा अधिग्रहण गरेर वनाएको सडकमा कालो पत्रे भैसक्यो हामीले त्यसको क्षेतीपुर्ति पाएनौं । यसरी राज्यले कृषलाई ठग्नु राम्रो नभएको उनको भनाई छ । लोकमार्गले हामीलाई मुआव्जा नदिए सम्म रोकीएको सडक निर्माण गर्न नदिने सवै कृषकहरुले निर्णय गरेका छन्

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु