खेतमै सुक्दै छ ३० करोडको उखु

२०७१ जेष्ठ १८ गते, आईतवार


काठमाडौ, १८ जेठ । बारा र पर्साका कृषकको ३० करोडभन्दा बढी मूल्यको उखु सुक्न थालेको छ ।बाराको मनहर्वास्थित रिलायन्स सुगर मिलले वर्षा सुरु हुन लागेको भन्दै उखु किनेको छैन् । वैशाखभित्रै उखु नकाटिँदा २ जिल्लामा करिब ७ लाख क्विन्टल उखु खेतमै थन्किएको छ ।‘पर्सामा मात्रै ३ लाख क्विन्टल उखु सुक्न थालेको छ,’ नेपाल कृषक संघ पर्साका अध्यक्ष असफी साह भन्छन्, ‘धान रोप्ने बेला आइसक्यो, खेतबाट उखु उठेन । कृषकहरु दोहोर मारमा परे ।’ तीन लाख क्विन्टलको मूल्य १४ करोडभन्दा बढी पर्ने बताइएको छ ।
२ सातादेखि रिलायान्सले पर्साका कृषकलाई उखु खरिद पुर्जी दिएको छैन् । उसले पर्साअन्तर्गतका सबै काँटाबाट कर्मचारी फिर्ता बोलाएको छ । पर्साका बसन्तपुर, मिलनचोक, मनिहर्वा, सबैठवा र बिन्ध्यबासिनीस्थित उखु संकलन केन्द्रका कर्मचारीलाई उद्योगले बिहीबार फिर्ता बोलाएको हो । प्रत्येक केन्द्रमा २ सातादेखि कम्तीमा ५० टिलर उखु थन्किएको बसडिल्वाका कृषक मदनप्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु