राष्ट्रिय जनसंख्या सम्मेलन सुरुहुदै
काठमाडौं,२२ जेठ । आजवाट तीन दिन राष्ट्रिय जनसंख्या सम्मेलन हुने भएको छ । ‘विकास योजनाका लागि जनसंख्याको सञ्चार’ भन्ने नाराका साथ नेपालमा पहिलो राष्ट्रिय जनसंख्या सम्मेलन हुन लागेको हो ।जनसंख्या र दिगो विकासका विविध पक्षहरुका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विकास साझोदारहरुका बीचमा राज्यका विकाससम्बन्धी प्राथमिकतामा छलफल गर्ने र अन्तर्राष्ट्रि सम्मेलन १९९४ र सह्रस्राब्दी विकास लक्ष्य २००० का कार्यनीतिका आधारमा साझा अवधारणा बनाउने सम्मेलनको लक्ष्य रहेको आयोजकले जनाएको छ ।
सम्मेलनमा जनसंख्या तथा विकाससम्बन्धी १५ वटा विषयगत क्षेत्रका १ सय ८ कार्यपत्र छनोट गरी ७२ वटा कार्यपत्र प्रस्तुति हुने र ३६ वटालाई पोस्टरका रुपमा प्रस्तुत गरिनेछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग लगायतका संस्थाको आयोजनामा सम्मेलन हुन लागेको हो ।