लगानीकर्ता खोज्दै जलविद्युत आयोजना

२०७१ जेष्ठ २२ गते, बिहीबार

काठमाडौं । सरकारले १ वर्षभित्र निर्माणका लागि आवश्यक पर्ने रकम जुटाउने शर्तमा ३५ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएपछि कम्पनीहरु लगानीकर्ताको खोजीमा लागेका छन् ।निश्चित समयसीमाभित्र वित्तीय व्यवस्थापन जुटाउने गरी विद्युत् व्यवस्थापन जुटाउने गरी विद्युत् उत्पादन अनुमति दिइएका कम्पनीहरु आयोजना निर्माणका लागि चाहिने रकम जोहो गर्न थालेको विद्युत विकास विभागका सिनियर डिभिजनल इञ्जिनीयर गोकर्णराज पन्थले जानकारी दिएका छन् ।
उनले भने, ‘आयोजना निर्माण गर्नुअघि वित्तीय व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले पनि जलविद्युत कम्पनीहरु लगानीकर्ताको खोजीमा जुटेका हुन् ।’ती आयोजनाको क्षमता ९ सय २ मेगावाट रहेको छ । कम्पनीहरुले आयोजनाका लागि वित्तीय व्यवस्थापन नगरेका कारण पूर्णरुपमा आयोजना निर्माणको काम अगाडि बढाउन नसकेको विभागले बताएको छ । सरकारले १ वर्षभित्रमा लगानी जुटाउने शर्तमा आयोजनालाई उत्पादन अनुमति दिने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]