तयारी चामल (इन्स्टेन्ट राइस) बजारमा

२०७१ जेष्ठ २५ गते, आईतवार


काठमाडौँ ।गेडगुडीको पौष्टिक आहार उत्पादन गर्दै आएको एक उद्योगले नेपालमै पहिलो पटक तयारी चामल (इन्स्टेन्ट राइस) बजारमा ल्याएको छ । विराटनगर-५ स्थित विराट हेल्थ फुड प्रोडक्टले ‘न्युटि्रप्लस इन्स्टेन्ट राइस’ ल्याएको हो ।पहिल्यै पाकिसकेको खाना चाउचाउजस्तै उमालेर खान सकिने उद्योगका प्रबन्ध सञ्चालक तारानाथ निरौलाले बताए । उनले यस्तो खाना मधुमेहका बिरामीलाई लक्षित गरेर ल्याएको बताए । मकै, चामल र गहुँको पिठो मिसाएर उच्च तापमा बनाइएको लेदोलाई सुकाएर चामलको आकार दिइएको खाद्य प्राविधिक समेत रहेका निरौलाले बताए । उनका अनुसार यसमा प्रोटिन ८ प्रतिशत, चिस्यान १४, कार्बोहाइड्रेट ७०, फ्याट ४ प्रतिशत र खनिज त्ात्त्वको मिश्रण गरिएकाले पूर्ण स्वास्थवर्द्धकछ । डेढ महिना परीक्षण उत्पादन गरेपछि उद्योगले खाद्य तथा गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालयबाट अनुज्ञापत्र पाएको थियो ।
विराटनगर र काठमाडौं लक्षित बजारीकरणका लागि दैनिक १ हजार किलोग्राम उत्प्ाादन गरिएको उनले बताए । उद्योगले परम्परागत नेपाली खाद्यलाई प्रशोधित गरी बालबालिकाको लिटो, फापरको पिठो, मकैको चामल, जौ र चनाको सातु उत्पादन गर्दै आएको छ । उद्योगमा अहिलेसम्म ४ करोड रुपैयाँ लगानी भइसकेको उनले बताए । उद्योगले प्रतिदिन ३ हजार केजी विभिन्न पौष्टिक आहार उत्पादन गर्दै आएको उनले बताए । ‘इन्स्टेन्ट राइस’ २ केजीको रंगीन कलेवरको प्याकेटमा बजारमा उपलब्ध हुनेछ । वागमती अञ्चलमा दिव्या साइन इन्टरप्राइजेजले बजारीकरण गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु