कृषि व्यवसायमा लाग्ने युवालाई अनुदान दिने

२०७१ जेष्ठ २८ गते, बुधबार


काठमाडौँ, २८ जेठ ।सरकारले आगामी आर्थिक वर्षदेखि कृषि व्यवसायमा लाग्ने युवालाई ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने भएको छ ।कृषि व्यवसायमा युवालाई आकर्षित गरी व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यले उक्त योजना ल्याउन लागिएको कृषि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले अनुदान उपलब्ध गराउनका लागि यो वर्षको बजेटमा रु २३ करोड प्रस्ताव गरिएको जानकारी दिए ।उनका अनुसार चालु आर्थिक वर्षमा रु १३ करोड रकम विनियोजन गरिएको भए पनि लक्षित कार्यक्रममा युवालाई समेट्न नसकेपछि यो आवमा बजेट वृद्धि गरिएको हो ।
तरकारी खेती, मौरीपालन, पशुपालनलगायतका कार्यक्रमका लागि मन्त्रालयले उक्त अनुदान उपलब्ध गराउने भएको हो । १८ वर्षदेखि ५० वर्ष उमेरसम्मका युवाले उक्त अनुदान प्राप्त गर्न सक्ने सहप्रवक्ता लुइँटेलले बताए ।व्यवसाय गर्न चाहने युवालाई व्यवसायको प्रकृति हेरेर रु ५० हजारदेखि रु दुई लाखसम्म अनुदान उपलब्ध गराइने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु