ठगि धन्दामा बुद्ध एयर
काठमाडौं। शास्वत एक्सप्रेस ट्राभल्स एण्ड टुर्स प्रा. लि.विर्तामोड झापाका प्रवन्धक मोहन सिलवालले विगत लामो समयदेखि उडान भर्दै आएको बुद्ध एयरले यात्रुहरुलाई युनिटी लाईफको भन्दा चरम शोषण गर्दै ठगेको आरोप लगाएका छन् ।सिलवालले ६ प्रकारका भाडादरमा यात्रुका ३ किसिममा भाडाको पैसा फिर्ता नगरी यात्रु र राज्यलाई बुद्ध एयरले ठगी गरेको आरोप लगाएका छन् ।रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै ७ देखि ८ प्रतिशत सस्तो ई, सि र डि क्लासका टिकट बनाउने यात्रुहरुले विभिन्न कारण बस यात्रा गर्न असमर्थ रहे भने क्यान्सीलेसनबाट बन्चित गर्दै उपभोग नै नगरीएको सेवाको सबै पैसा फिर्ता नगरी सिदै ठगी गरेको आरोप सिलवालले लगाएका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने– बुद्ध एयर प्रा. लि. ले दैनिक ४५०० सय देखि ५००० यात्रुलाई सेवा प्रदान गर्दै आएको छ, यसमा आधा टिकट सस्तो भाडामा जारी भएको अवस्था रहँदा यात्रुसंख्या २५०० हुने, जसमा कम्तिमा ७ प्रतिशतले मात्र उडान नभर्ने हो भने यो संख्या १७५ हुन आउँछ । बुद्ध एयरले ६६१५ रुपैया सम्ममा जारी गरेको टिकेटको यात्रुले एयरपोर्ट चार्ज फिर्ता नमाग्दाको अवस्थामा एयर पोर्ट चार्जसहित सबै रकम खाने गरेको छ ।
उनले ३१८० देखि ६६१५ सम्ममा जारी गरिएको टिकेटको पैसा फिर्ता गर्दैन, सरदर ७ प्रतिशतको दरले यात्रुको पैसा फिर्ता नहुँदा दैनिक ७,८७,५०० रुपैया भन्दा बढी बुद्ध एयरले सिधै खाँदैछ ।
सिलवालले टिकट काट्ने क्रममा यात्रुका दिनैपिच्छेको गुनासाहरुलाई पत्रपत्रिकामा प्रकाशन गर्दा र बुद्ध एयरका सञ्चालकलाई समेत जानकारी गराउँदा बुद्ध एयरबाट यस विषयमा कुनै सुनुवाई नभएको गुनासो गर्दै उल्टै आपूmले सञ्चालन गर्दै आएको शास्वत एक्सप्रेस ट्राभल्स एण्ड टुर्स प्रा. लि. ले जनतालाई दिँदै आएको सेवालाई नै बन्द गर्नेगरी टीकेटीङ्ग सिस्टम नै बन्द गरेर पेशाबाट विस्थापित् नै गरेको गुनासो गरे ।
सिलवालले आपूmलाई बुद्ध एयरका विभिन्न विभागमा काम गर्ने व्यक्तिहरुले बुद्ध एयरको विषयमा नकरात्मक कुरा लेख्ने र बोल्ने काम तत्काल बन्द गरी क्षमा याचना नमागे कानुनी प्रकृयाबाट कारवाही गर्ने भन्दै धम्कीपूर्ण भाषामा फोन मार्फत मानसिक यातना दिएको बताउँदै उनीहरुले आपूmमाथी जुनसुकै बखत जे पनि गर्ने खतरा रहेको औल्याउँदै सम्बन्धित निकायसँग सुरक्षाको माग राखी राज्यको ढिकुटीको ब्रम्हलुट गर्ने बुद्ध एयर प्रा.ली.ले गर्दै आएको ज्यादती र अनियमितता बारे यथाशिघ्र छानविन भई कारवाहीको माँग गरेका छन् ।